प्रभु बैंकको नाफा ११.५१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

प्रभु बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफासँगै अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चैत मसान्तसम्म बैंकको खुद नाफा ११.५१ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ६.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँले पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो। बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.२१ प्रतिशतमा सीमित थियो।

बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँको बैंकको जगेडा कोषको आकार भने ८९.९९ प्रतिशतले बढेर १० अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *