त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि (बिहीबार) बन्द हुने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने भएको हो ।
विमानस्थलमा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।
विमानस्थलमा अनलाइन यूपिएस जडान गर्दा विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ ।








