चाडपर्वमा हवाई भाडा बढाएको गुनासोपछि सस्तो टिकट बेच्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाएको गुनासो आएपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको थियो।

छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने तथा उक्त भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार चाडपर्वका बेला हवाई भाडा बढाएको भन्ने गुनासो सम्बोधन गर्न उक्त निर्णयअनुसारको व्यवस्थालाई प्रभावकारी बनाउने गरी वायुसेवा कम्पनीसँग छलफल गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *