

एनआईसी एशिया बैंकले विभिन्न ठाउँको घरजग्गा लिलामी गर्ने गर्ने भएको छ । बैंकले विभिन्न २६ स्थानमा रहेको गैर बैंकिङ सम्पति बिक्री गर्न लागेको हो । उक्त सम्पत्ति जहाँ जे अवस्था र परिमाणछ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनि/संघ संस्थाहरुले विभिन्न शर्त पूरा गरी ७ दिनभित्र पेश गर्न सक्नेछन् ।
बैंकले धनकुटा, मुगु, कालिकोट, बारा, सुनसरी, मोरङ रौतहट, दाङ, सुर्खेत लगायत जिल्लामा रहेको विभिन्न सम्पत्ति लिलाम गरी बिक्री गर्न लागेको हो ।
Artha Sanjal

अर्थ सन्जाल