कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा सामान्य अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २.९० अंकले बढेर १९१०.९५ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १.३० अंकले घटेर ३६४.१७ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको दुई घन्टाको अवधिमा २४७ कम्पनीको १० लाख ८६ हजार १४७ कित्ता सेयर खरिदबिक्री हुँदा ३७ करोड ६४ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको आइपीओ १० प्रतिशत अर्थात् ६०।७० रुपैयाँले बढेर सेयरमूल्य ६६७ रुपैयाँ ५० पैसा पुगेको छ ।




