कुमारी बैंकको ७२ हजार बढी कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

कुमारी बैंकले संस्थापक समूहको ७२ हजारभन्दा बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आज (वैशाख ५ गते) बाट बिक्रीमा ल्याएको हो।

यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले यसमा वैशाख ११ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *