लाभांश पारित गर्न कामना सेवा विकास बैंकले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

कामना सेवा विकास बैंकले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वैशाख ४ गते बसेको सञ्चालक समिति बैंकले उक्त सभा आगामी वैशाख ३१ गते काठमाडौंको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११:३० बजेबाट सुरु हुनेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश गरी कुल ४.६४२१ प्रतिशत लाभांश पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *