मिटरब्याज पीडितमाथि प्रहरी दमन, विरोध सभामा लाठी र पानीको फोहोरा

शान्तिवाटिकामा मिटरब्याज पीडितको बिरोध सभामा प्रहरीले दमन गरेको छ । बिरोध सभामा मिटरब्याज पीडित र प्रहरीबीच झडप नै भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रहरीले बिहानैदेखि शान्तिवाटिकाको गेटबाट उनीहरुको निगरानी गरिरहेको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *