

पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या विकराल बन्दै गइरहेको छ । सहकारीका सञ्चालकहरु अनुत्पादक क्षेत्रमा लगानी गर्दा संस्थाहरु समस्यामा पर्न थालेका हुन् ।
चैत महिनामा मात्रै २३ सहकारी संस्था कालोसूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको उजुरीको आधारमा कर्जा सूचना केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकामध्ये बचत तथा ऋण, बहुद्देश्यीय, कृषि सहकारी संस्था छन् ।
यसरी कालोसूची पर्ने सहकारीहरूमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था, एकता समूह बचत तथा ऋण सहकारी संस्था, शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।
त्यस्तै, राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, महिला चालक बचत तथा ऋण सहकारी संस्था, सूर्य दर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शिवशिखर मल्टीप्रपोज को-अपरेटिभ लिमिटेडलाई पनि केन्द्रले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पर्ने सहकारीहरुमा हाम्रो नयाँ कृषि सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था, माइलस्टोन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, राइजिङ अप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र सुमेरु सेभिङ क्रेडिट कोअपेरेटिभ पनि रहेको छ ।
केन्द्रका अनुसार करुणा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक सेभिङ क्रेडिट अपरेटिभ, सम्वर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र अष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई पनि कालोसूचीमा राखिएको छ ।
कुन सहकारीका सञ्चालक को ?
जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको सञ्चालकमा चर्चित कलाकार मधुसुधन पाठक (सितेबा),इन्दिरा अधिकारी र राजा तुलाधर छन् ।
त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालकमा केदारनाथ शर्मा र मन्दिप खवास छन् ।
एकता समूह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा गिरिजादेवी कोइरिन, मोहन प्रसाद कुशहवा, पन्ना लाल महतो कोइरी, राम लाल महतो कोइरी र शोशिला देबी छन् ।
उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ छन् ।
शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा गंगा महर्जन, जमुना महर्जन र सञ्जु श्रेष्ठ छन् ।
पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अर्जुन बास्ताकोटी, भुवन सापकोटा, धिरेन्द्र बराल, मंगल बहादुर तामाङ, पूरान रावल, पुष्पा बाबु पाण्डे, राज कुमार शाह र राकेश ज्याखो छन् ।
राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा चेत बहादुर गुरुङ, दिपक अर्याल, कुलबहादुर गोदार, लक्ष्मी कुमारी शर्मा, नारायण प्रसाद सुवेदी, राम बहादुर गुरुङ र सूर्य प्रसाद लामिछाने छन् ।
त्यसैगरी, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा सन्देश राई, सिर्जना कुँवर र युवराज बोहोरा छन् ।
सुर्यदर्शन दर्शन सेभिङ एण्ड क्रेडिटको सञ्चालकमा अनुज नकर्मी, भविश्वर अर्याल, भुपेन्द्र राई, बुद्धि गुरुङ, हेमन्त अधिकारी, कैलाश कुमार दर्लामी, कुमार रम्तेल, शिव बहादुर गुरुङ र थान बहादुर बुढा मगर छन् ।
महिला चालक बचत तथा ऋण सहकारीको सञ्चालकमा अजयमान श्रेष्ठ, बिनोद केसी, सपना बिक र सुरेश पन्थी छन् ।
त्यसैगरी, सूर्यपुञ्जकोसञ्चालक अनिल गोतामे, बिनोद पोखरेल र कमला श्रेष्ठ हुन् भने शिव शिखरको सञ्चालकमा मिनलाल थापा र शुशिला बानियाँ छन् ।
हाम्रो कृषि तथा पशुपालन सहकारीका सञ्चालकहरुमा भुपेन्द्र बहादुर सिजापति, बिन्सा साउद, चित्तराम थापा, गौकुली बुढा, गोविन्द सिंजाली, मानबहादुर बयक, खगिसरा दर्लामी, निराक बहादुर तरामी, ठग बहादुर कठायत र टिकाराम खराल छन् ।
हाम्रो नयाँ कृषि सहकारीको सञ्चालकमा जनक गौतम, रामहरि अधिकारी, सूर्यबहादुर गुरुङ र उत्तम अधिकारी छन् ।
यता,माइलस्टोन सेभिङको सञ्चालकमा नवराज खड्का, रमेश न्यौपाने र विजय कुमार पौडेल छन् ।
राइजिङ अप सेभिङको सञ्चालकमा हेमन्त खड्का, ललितबहादुर खड्का, मैया राई, प्रियाराज कार्की र सरिता श्रेष्ठ ।
डाँफे सेभिङको सञ्चालकमा जुलिना प्रधान, ज्वाला मन प्रधान र नारायण प्रसाद घिमिरे छन् ।
त्यसैगरी, करुणा सेभिङलाई कृष्ण प्रसाद बास्तोला, पूर्ण बहादुर श्रेष्ठ र शिव बहादुर श्रेष्ठले सञ्चालन गरेका छन् ।
सुमेरु सेभिङका सञ्चालक बिनोद आचार्य, हेमराज दाहाल र राम कृष्ण अवाले हुन् ।
पश्चिमोदय बचतका सञ्चालकमा देवरा न्यौपाने, कृष्ण बन्धु रेग्मी, राजकुमार तामाङ, रमिला बस्नेत र सुष्मा सापकोटा छन् ।
प्रारम्भिक सेभिङ क्रेडिट अपरेटिभका सञ्चालक गणेश न्यौपाने, मिकमार तामाङ र पुजा न्यौपाने हुन् ।
त्यस्तै, अष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अनिल खड्का, कुम्भराज जोशी र सुनिल खड्का छन् ।
कर्जा अपचलन गर्ने, ऋण समयमै नतिर्ने वा अन्य वित्तीय अपराध गर्नेको सूची तयार गरेर कर्जाको जोखिम व्यवस्थापन गर्ने लगायतका काम गर्ने गरी २०४६ जेठ १ गतेबाट कर्जा सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो। राष्ट्र बैंकले विभिन्न अवस्थाको आधारमा कुनै व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न सकिने व्यवस्था छ।

अर्थ सन्जाल