नेप्से १०१.२४ अंकले घट्यो, ६ अर्ब बराबरको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ ।

आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको हो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका सबै समूह राताम्मे छन् । आज सर्वाधिक हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । यी समूहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *