लिङ्देनले दिए थापालाई सुभकामना

राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले बताएका थिए ।

‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भनेका थिए ।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । यसै विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई शुभकामना दिएका छन्, उनले लेखेका छन् “राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आगामी जीवन सुखमय रहोस् ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *