बैशाख ८ गतेबाट आईपीओ ल्याउँदै माई खोला हाइड्रोपावर

माई खोला हाइड्रोपावर लिमीटेडले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ  निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत  १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।  हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि  बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओनिष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटल लिमीटेडले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *