नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको पुन: निर्वाचन हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्रतिस्पर्धा गरेका छन् ।
वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । वरिष्ठ उपाध्यक्ष उम्मेदवारहरुमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठ ३१.५१ प्रतिशत, रामचन्द्र संघाई ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् । अब २ जनाबीच प्रतिस्पर्धा हुनेछ । महासंघको विधानअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने २ जना पुन: निर्वाचन प्रक्रियामा सामेल हुनेछन्।
निर्वाचन केही समयपछि पुन सुरु हुने निर्वाचन समितिले जनाएको छ ।




