एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख १ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज चैत्र ३० गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न गर्नेछन् ।
कम्पनीले बैशाख १० धादिङको होटेल गजुरीमा सभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कर सहित १४.७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ।




