बैंकहरूले घटाए निक्षेपको ब्याजदर, एकल अंक कायम

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले वैशाख महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरुले बिहीबार बैशाख महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । वैशाखदेखि अधिकतम ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत दिने भएका छन् । चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ प्रतिशत र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका छन् । त्यस्तै बचतमा बैशाखबाट ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन् ।

अधिकांश विकास बैंकहरुले वैशाख महिनामा भने १०.६० प्रतिशत ब्याजदर दिने भएका छन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए ।

यता, धेरै फाइनान्स कम्पनीहरुले भने वैशाख महिनादेखि अधिकतममा ११.२५ प्रतिशतका दरले ब्याजदर दिने भएका छन् । यो दुई वर्ष वा सोभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *