कोरोनाबाट आज पनि एक जनाको मृत्यु, १२१ संक्रमित थपिए

कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । तीन महिनापछि मंगलबार एक जनाको मृत्यु भएकोमा बुधबार पनि थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको ६२ण् पीसीआर र १७५७ एन्टीजेन गरी कुल २३७७ नमुना परीणमा १२१ मा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । संक्रमितहरुमध्ये ११ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा छन् भने २५ जना संस्थागत आइसोलेसनमा छन् ।मन्त्रालयका अनुसार यही अवधिमा ८१ जना निको भएर घर फर्किएका छन् भने ४२ हजार १८० जनाले खोप खोप लगाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *