कुमारी क्यापिटलले चैत ९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको कुमारी सुनौलो लगानी योजनाका इकाइ बाँडफाँट गरेको छ ।
आवेदन दिने ३७ हजार ४३४ जना मध्ये रितपुर्वक आवेदन दिने ३७ हजार ४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँट गरिएको बिक्री प्रबधक कुमारी क्यापिटलले जनाएको छ । दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन भने रद्द गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको थियो भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि गरेको थियो ।
क्यापिलले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको थियो । सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यस योजना एक खुलामुखि योजना हो।






