काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।




