महालक्ष्मी विकास बैंक लिमिटेडले आज चैत्र २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य .१००० दरले कुल १ अर्ब रुपैंया बराबरको ऋणपत्रका लागि बिक्री खुला गरेको हो । गत चैत्र ५ गते नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशनको लागि अनुमति दिएको थियो ।
जारी ऋणपत्र मध्ये . ६० करोड रकम बराबरको ऋणपत्र मध्ये ४० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने र बाकी सर्वसाधारणलाई निष्काशन हुने ६ लाख कित्ता मध्ये २० हजार ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ। यस ऋणपत्र निष्काशको बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । यस ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिन सकिने छ ।







