दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा आज पनि आएन सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक मंगलवार २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७९ अंकले बढेर ३५५.४५ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६२ कम्पनीको ३३ लाख ३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९४ करोड १३ लाख ६३ हजार ९४१ रुपैयाँको कारोबार भएको छ।

कुल १३ वटै उपसमूहको आज सेयर मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये २०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४१४.८० रुपैयाँ पुगेको छ । त्यसैगरी, आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.६९प्रतिशतले बढेर प्रतिकित्ता १०७५ रुपैयाँ पुगेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ३ प्रतिशत भन्दाबढीले  घटेको छ । त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *