

पछिल्लो ८ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको अर्थतन्त्रको अवस्थाबारेको तथ्यांकले रेमिट्यान्स २५.३ प्रतिशतले बढेको देखाएको हो।
फागुन मसान्तसम्म रेमिट्यान्स बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो ।
यसअघि माघमा २४.३ प्रतिशतले र पुसमा २३ प्रतिशतले रेमिट्यान्स बढेको थियो। माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स १४.८ प्रतिशतले बढेर भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

अर्थ सन्जाल