इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (मंगलबार) एक खेल हुँदैछ । आजको खेलमा दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा हुँदैछ । दुवै टोली आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छन् । पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । तीन खेलमा अंकबिहिन दिल्ली १० टोली सहभागी लिगको पुछारमा रहेको छ । उता, दुई खेलमा शतप्रतिशत हारका साथ मुम्बई नवौं स्थानमा रहेको छ ।




