नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा हुदैछ । सभा आज चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् भने विजय लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत साधारणसभाले पारित गर्ने एजेन्डा रहेको छ ।




