अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अर्थमन्त्रीलाई व्यवसायीको १५ बुँदे ज्ञापनपत्र, बैंकको ब्याजदर घटाउन माग

  • अर्थ सन्जाल
  • २७ चैत्र २०७९, सोमबार १७:१३


नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंक तथा वित्तीय संस्थाले लिएको चर्को ब्याजदर घटाउन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग गरेको छ ।

महासंघले सोमबार अर्थमन्त्री डा. महतलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरु व्यवसायबाट पलायन हुन थालेको भन्दै ब्याजदर घटाउन आग्रह गरेका हुन् ।

सरकारले करका दरहरू पनि बढाउँदै लगेको भन्दै यसलाई तत्काल सम्बोधन गर्न समेत उनीहरुले माग गरेका छन् ।

देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई स्वदेशी लगानी र जनशक्तिको प्रयोग गरी यथाशीघ्र सञ्चालन गर्न समेत व्यवसायीहरुले माग गरेका छन्।

यस्ता छन् अर्थमन्त्रीलाई महासंघले राखेका १५ बुँदे माग

१.कोरोनाले थलिएका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले चर्को व्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । ७÷८ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल आएर १५/१६ प्रतिशत व्याज पुग्दा व्यवसायी थप मर्कामा परेका छन् । व्यवसायबाट पलायन हुन नदिन बैंक तथा वित्तीय संस्थाले लिएको चर्को ब्याजदर घटाउन अनुरोध गर्दछौँ ।

२.सरकारले करका दरहरू पनि बिस्तारै बढाउँदै लगेको छ । यो उद्योगी व्यवसायीको लागि समस्याको विषय बनेको छ । व्यक्तिगत फर्मलाई ३६ प्रतिशतसम्म कर लगाइएको छ तर प्रालिलाई भने २५ प्रतिशत कर तिरे पुग्छ यो आफैँमा विभेदकारी छ । यसलाई तत्काल सम्बोधन गर्न सरकारसँग विशेष आग्रह गर्दछौँ ।

३.भन्सार दरबन्दी बढी हुँदा व्यवसायीहरू मर्कामा परेका छन् । भन्सार दरबन्दी धेरै भएको कारणले गर्दा बजारमा सामान बेच्न समस्या हुने तथा त्यसबाट आयकर तथा मूल्य अभिवृद्धि करमा समेत असर पर्ने अवस्था छ । भन्सार बढी भएको कारण र नेपाल भित्रिने खुला सीमानाकाका कारणले चोरी पैठारी समेत बढ्दै गएको छ ।

४. युवा जनशक्ति विदेश पलायन हुँदै गइरहेको अवस्थामा स्वदेशमा नै स्वरोजगार बनाउनका लागि प्रत्येक स्थानीय तहमा सीपमुलक तालिमको व्यवस्था गर्न माग गर्दछौँ ।

५. देशको अर्थतन्त्रको ठुलो हिस्सा कृषिजन्य वस्तु आयातमा विदेश जाने हुँदा यसलाई न्यूनीकरण गर्दै शून्य बनाउन युवा जनशक्तिलाई कृषिजन्य उत्पादनमा जोड्नको लागि आवश्यक नीति र तालिम दिएर उत्पादनमा लगाउन माग गर्दछौँ ।

६. व्यवसायी तथा किसानले उत्पादित सामाग्रीलाई बजारसम्म लैजाने क्रममा ठाउँठाउँमा कर तिरेर अनावश्यक दुःख पाइरहेका छन् । व्यवसायी तथा किसानले यसरी तिर्दै आएको दोहोरो कर प्रणालीको अन्त्य गर्न माग गर्दछौँ ।

७.व्यापारिक केन्द्र अव्यवस्थित हुँदा यसले व्यापार व्यवसायलगायत राजश्व सङ्कलनमा समेत असर परिरहेको छ । देशको ठुलो व्यापारिक केन्द्र र बढी राजश्व सङ्कलन हुने क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न माग गर्दछौँ ।

८.उत्तरी नाकामा बारम्बार हुने समस्याले व्यवसायीको ठुलो लगानी रहेको सामानहरू नाकामा अनिश्चित कालसम्म रहँदा व्यवसायीले ठुलो क्षति व्यहोर्नुपरेको छ ।

९.घरबहाल कर घरधनीबाट नै उठाउनुपर्ने व्यवस्था हुनुपर्ने हो । जसले आम्दानी गर्छ उसले कर बुझाउने हो तर व्यवसाय दर्ता गर्दाका बखत व्यवसायीबाट नै घरबहाल कर पनि तिर्न लगाउने व्यवस्थाले एकातिर भाडा पनि तिनुपर्ने र अर्कोतर्फ घरबहाल कर पनि व्यवसायीले नै तिनुपर्ने अवस्थाले व्यवसायीहरू मर्कामा परेका छन् ।

१०. उद्योग व्यवसाय क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न साना तथा मझौला एवम् महिला तथा युवा उद्यमीलाई सहुलियत कर्जा कम्तीमा २५ लाख हुनुपर्ने र सो कर्जा लक्षित वर्गमा पु¥याउन माग गर्दछौँ ।

११. देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई स्वदेशी लगानी र जनशक्तिको प्रयोग गरी यथाशीघ्र सञ्चालन गर्न माग गर्दछौँ ।

१२. निजी क्षेत्रको मुद्दाका विषयमा नीति निर्माण तहमा रहेका सीमित संस्थाहरूको सिन्डिकेटको अन्त्य गरी सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरीय समिति गठन गर्न जोडदार माग गर्दछौँ ।

१३.आयकर तथा मूल्य अभिवृद्धि कर बढ्दै गइरहेको छ । यसबाट कर तिर्ने व्यवसायी मात्र मर्कामा पर्दै आइरहेको अवस्था छ ।

१४. बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा ६ महिना बनाउन माग गर्दछौँ ।

१५. बैंक तथा वित्तीय क्षेत्रले गर्ने लगानीको कम्तीमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्न माग गर्दछौँ ।

Artha Sanjal
मिती : २७ चैत्र २०७९, सोमबार १७:१३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.