

सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् ।
लगानीकर्ताको बढ्दो सेयर खरिद बिक्री लागतलाई न्यूनीकरण गर्न हाल रहेको महँगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढीमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गर्न पनि लगानीकर्ताले माग गरेका छन्। ‘डीपी चार्ज रकम २५ कायम भइरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढीमा ५ कायम गरियोस्’, ज्ञापनपत्रमा भनिएको छ।
यस्तै, डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।
नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सीमा १२ करोड लागू गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्न लगानीकर्ताले माग गरेका छन्। ‘नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १००% नै कायम गर्न विशेष पहल गरियोस्’, ज्ञापनपत्रमा उल्लेख छ।

अर्थ सन्जाल