

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा पुगेको छ ।
यस दिन एक अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको सेयर कारोबार भएको छ।
आइतबार नबिल बैंकको सर्वाधिक ५ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, ग्लोबल आइएमई बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनआईसी एशिया बैंक, अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल