नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरका कुल ८ लाख ३९ हजार ४८२ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सकोे २.४० प्रतिशत दरको कुल २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *