काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडेको छ ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शनिबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’– मेयर शाहले सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यही घोषणालाई आधार मानेर महानगरले आइतबारदेखि सिंहदरबारको फोहोर नउठाएको हो ।




