

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। लघुवित्तको सञ्चालक समितिले विशेष साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। संस्थाको सभा काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा मध्याह्न १२:३० बजेबाट सुरु हुनेछ।
सभाले नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरका सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ।
मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ र संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहिर रहने प्रस्ताव सभाले पारित गर्नेछ।
मर्जर प्रयोजनका लागि तय गरिएको १:१ सेयर स्वाप रेसियो पनि सभाले अनुमोदन गर्नेछ।
मर्जर प्रक्रियाका क्रममा संयुक्त मर्जर समिति र सञ्चालक समितिहरुले गरेका निर्णय एवं कामकारबाही तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण प्रक्रिया सभाले अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले वैशाख ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले चैत ३० गते (वैशाख १ गते शुक्रबार र २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लघुवित्तको सभामा भाग लिन पाउनेछन्।

अर्थ सन्जाल