सिद्धार्थ बैंकले करिब ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा राखिएको सेयरमा हाल बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।
तोकिएको अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।




