

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्न लाज मान्नुपर्ने बताएका छन् । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ १ बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेका लागि मत माग्न आँबुखैरेनी पुगेका लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले आयोजित आमसभामा आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनीसमेत दिए । उनले भने, ‘हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न, तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।’
सभापति लामिछानेले जान्नेलाई जनताले छान्नुपर्ने पनि बताए ।

अर्थ सन्जाल