पाेखरा । पोखराको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउदै आएको अन्नपूर्ण केबलकारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ। उक्त कार्यक्रममा गायक अलमोडा र महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ ।
उक्त कार्यक्रममा टिकट काटेका मध्यबाट तीन जना भाग्यशाली बिजेताले स्मार्ट फोन प्राप्त गर्ने छन । केबलकार राईड, फ्रि बियर एण्ड सफ्ट ड्ङिक, लाइभ कन्सर्ट एण्ड डिजे, किड जोन, टिकटक जोन, फ्रि जिपलाईन, स्विङ, जिप साइकिलिङ तथा जेम एण्ड गिफ्टका सुविधाहरू रहने छन् ।
टिकट दर एक हजार रहेको अन्नपूर्ण केबलकारका चिफ कोर्डीनेटर सुमेश बास्तोलाले जानकारी दिए
Artha Sanjal






