काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । यो साता प्रतितोला ८०० रुपैयाँले बढेको छ । गत साता शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ ।






