अमेरिकी विदेश मन्त्रीको धम्कीपछि प्रचण्डले ओली गुहारे

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले टेलिफोन गरेर धम्कीपूर्ण भाषामा कडिकडाउ गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेको खुलासा भएको छ ।

प्रचण्डले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरि एमसीसीबारे एमालेले निर्णय गरोस् भनेर चाहना व्यक्त गरेका थिए । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बीच टेलिफोन संवाद भएको जानकारी दिँदै एमाले प्रचार विभाग उप्रप्रमुख बिष्णु रिजालले फोनमा भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन् ।

एमसीसी बारे निर्णय लिइदिन प्रचण्डले अनुरोध गरेपछि ओलीले मलाई हटाएपछि पास गर्छु भनेको होइन ? तपाईहरु सँगै बहुमत छत के गर्नु हुन्छ गर्नुस् एमालेले त निर्णय गरिहाल्छ नी भन्ने जवाफ दिएको जानकारी रिजालले दिएका छन् ।

ओली र प्रचण्डबीच फोनमा भएको कुराकानीको सार रिजालले आफ्नो सामाजिक संजालमा राखेका छन् । उनले लेखेका छन् एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले (नेकपा) एमालेको धारणा स्पष्ट छ ।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्स नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

हिजो मात्रै अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरि एमसीसी बारे छिनोफानो गर्न अल्टीमेटम दिएका थिए । विषय निकै पेचिलो बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *