जह्रुँगाः हिती, हाथु भैरब पुन: स्थापनार्थ कृषि विकास बैंकको सहयोग

कीर्तिपुरस्थित गुतपौ टोलमा एक विशेष कार्यक्रम वीच सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सो अवसरमा विशिष्ट अतिथि प्रताप सुवेदीले दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका थिए । सो क्रममा उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरबसँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताए ।

उक्त अवसरमा भैरब, जह्रुँगाः हिति र नेवा मैचाको पनि अनावरण तथा उद्घाटन प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य तथा विशिष्ट अतिथि कृषि विकास बैंक लि. का प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले रिवन काटेर उद्घाटन गरेका थिए । त्यसपछि प्रमुख अतिथिले नेवा मैंचाको रिवन फुकाएर मूर्ति अनावरण गरिन् । साथै विशिष्ट अतिथिले स्विच थिचेर जह्रुँगाः हिती उद्घाटन गरे ।

आयोजकका अनुसार यो भैरव र जह्रुँगाः को स्थापनाले करिव ४० वर्षदेखि वन्द रहेका हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) प्रचलन पुनः सुरु हुने बताएका छन् । यो हाथु हाय्केगु पर्व इन्द्र जात्राको भोली पल्ट समय् बजी पून्ही (पूर्णिमा) को दिनमा सबै टोलबासीहरु भेला भएर समयबजी बाँडेर हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) र जाँड खुवाने गरिन्छ । यसले गर्दा आफ्ना पितृहरुले स्वर्गमा राम्रो भोजन प्राप्त गर्ने विश्वास गरिन्छ ।

यसरी पुरातात्वीक महत्व बोकेको उक्त शहरमा पुरातात्वीक सम्पदाको संरक्षणमा कृषि विकास बैंकको सहयोगलाई त्यहाँ उपस्थित सर्वसाधारणले खुलेर प्रशंसा गरे ।

सो कार्यक्रमको अवसरमा कीर्तिपुर नगरपालिका वडा नं. १० का अध्यक्ष एवं पर्यटन तथा साँस्कृतिक समितिका अध्यक्ष नरेश महर्जन, गुतपौ भजन गुथीका अध्यक्ष प्रकास महर्जन, कृषि विकास बैंक सञ्चालन तथा बजार व्यवस्थापन प्रमुख मिनराज पोखरेलको उपस्थिति रहेको थियो । कीर्तिपुर कम्यूनिटी होमस्टेका सचिव गोविनद महर्जनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सदस्य गंगादेवी हायजुले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *