सिद्धार्थ बैंक लिमिटेडले ग्लोबल मनी विक २०२३ को भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ। बैंकले ग्लोबल मनी विकको मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’लाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितामा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ शीर्षकमा बनाइएका र धेरै मन पराइएका भिडियो पुरस्कृत भएका हुन्।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ । प्रतियोगिताका विजेताहरूलाई बैंकका डिजिटल मार्केटिङ प्रमुख अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेको जनाइएको छ।
पुरस्कार वितरण गर्दै डिजिटल मार्केटिङ प्रमुख श्रेष्ठले यस्ता प्रतियोगिताले सामाजिक सञ्जालका माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने बताए। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो।
ग्लोबल मनी विकको अवसरमा बैंकले सातै प्रदेशका ९८ स्थानमा वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ। जसमा दुई हजार एक सय १८ जना महिला र दुई हजार ७२ जना पुरुष गरी चार हजार एक सय ९० जनाको प्रत्यक्ष सहभागिता रहेको जनाइएको छ।






