राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा विदेशबाट आएको शवको बाकससमेत खोलेर हेर्न थालिएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर विमानस्थलमा शवका बाकस पनि फोडिएको बताए ।
उनले भने, ‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ, केही सामान छ कि भनेर लुट्न । हामीले ब्याग फुटेको त सुनेका थियौं । तर, समय के बन्दैछ ? कहाँ जाँदैछ , शवका बाक्सा फुटाइएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न । कारण भ्रष्टाचारको संस्थागत यसरी जरोसम्म पुगेको छ कि शव बोकेका बाक्सासमेत फोड्ने !’
Artha Sanjal







