

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले बढेको छ । आज नेप्से ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले बढेर ३५३.९५ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच भएको छ । यसदिन ८१ करोड ६० लाख ५६ हजार रुपैयाँमा कारोबार भएको छ।
कुल ३ वटा उपसमूहको सेयर मूल्यमा घटेको छ भने १० उपसमूहको सेयरको मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८३.५० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ ।
त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अर्थ सन्जाल