सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज (बुधबार) प्रतितोला दुई हजार रुपैयाँले बढेर १ लाख ११ हजार पुगेसँगै यसअघिको रेकर्ड ब्रेक भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरुले देखाएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *