आईपीओ जारी गर्न थ्री स्टार हाइड्रोपावरले पायो स्वीकृति

थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थ्री स्टार हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै अब यो कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ बिक्री खुलाउनेछ। कम्पनीले यो आईपीओ स्थानीय र सर्वसाधारणलाई दुई चरणमा बिक्री गर्नेछ।

थ्री स्टार हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *