कृषि विकास बैंकले नेपालमा अनलाइन किनमेललाई बढावा दिने उद्देश्यले भिसा डेबिट कार्ड र भिसा क्रेडिट कार्ड लिएका ग्राहकहरूलाई अनलाइन ई-कमर्स सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ । बैंकको उक्त सेवा आगनी बैशाख १ गतेदेखि सुरु गरिने बैंकले जनाएको छ ।
उक्त सेवा लिनको लागि, ग्राहकहरूलाई तुरुन्तै बैंकको नजिकको कार्यालयमा सम्पर्क गरी त्यसको लागि समेत बैंकले आग्रह गरेको छ । साथै बैंकले ग्राहकहरुलाई अनलाइन ई–कमर्स सेवाहरुको दर्ताका लागि कुनै सेवा शुल्क नलाग्ने भन्दै यसलाई सबैका लागि थप पहुँचयोग्य र किफायती बनाउने आश्वासन दिएको छ ।




