ऋण लिएरै भएपनि संकटोन्मुख अर्थतन्त्र सुधार गर्नुपर्छ : अध्यक्ष गोल्छा

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ऋण लिएर भएपनि संकटोन्मुख अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालले आज राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था, संकट चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जोखिम मोलेरै भएपनि २ खर्बभन्दा बढी ऋण लिएर लगानी गर्नुपर्ने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले संकटलाई अवसरका रुपमा लिएर प्रिमियम अझै बढाएर आफ्नो मुनाफा बढाउनेतर्फ लागेको उनको आरोप छ । गोल्छाले यसमा नियामक निकाय राष्ट्र बैंकले प्रिमियम फिर्ताको नीति ल्याएको भएपनि पूर्ण रुपमा कार्यन्वयन नगरेको गुनासो गरे ।

बैंक तथा वित्तीय संस्थाले कुनै पनि हालतमा ब्याजदर एकल झार्नुपर्ने बताए ।

राष्ट्र बैंक लगायत नीति निर्माता तथा नियामक निकायले अहिलेको विद्यामान अवस्थालाई सकारात्मक रुपमा जनतामाझ पुर्याउनुपर्ने बताए । साथै संकटको मारमा परेको सहकारी क्षेत्रको दायरा फराकिलो बनाउन उनले जोड दिए ।

कार्यक्रममा बोल्दै गोल्छाले नेपालमा एकचोटी सबैले नि:शुल्क सम्पति अभिलेखीकरण गर्न पाउनुपर्ने धारणा राखे । यसबाट सबै करको दायरामा आउने र राज्यलाई ठूलो आर्थिक टेवा पुग्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *