ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
आइपीओ निष्काशनको प्रक्रिया अगाडि बढाउँदै कम्पनीले साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग मंगलबार एक सम्झौता गरेको छ ।
एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पूर्णमान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ विभाग प्रमुख गिरीराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।




