अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा ब्याजदर, तरलतालगायतका विषयमा छलफल भएको छ ।
अर्थमन्त्रीसँगको भेटमा गभर्नर अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताए । छलफलमा पछिल्लो समय भएको ब्याजदर बृद्धि, तरलता अभाव, अर्थतन्त्रमा देखिएको शिथिलता लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ ।
आइतबार र सोमबार अर्थमन्त्रीले उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए । व्यवसायी तथा सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका कारण पनि अहिलेको अवस्था सिर्जना भएको अर्थमन्त्रीलाई बताएका थिए ।
यस्तै, सोमबार नै अर्थमन्त्री महरले बैंकर्सहरुसँग छलफल गरेका थिए ।
Artha Sanjal






