भोलि देखि आईपीओ निष्कासन गर्दै सिटी होटल

सिटी होटल लिमिटेडले भोलिदेखि  वैदेशिक रोजगारीमा रहेका नेपाली हरुका लागी आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरुले आवेदन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा आईपीओ निष्कासन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर सार्वजनिक निष्कासनमा आउनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुको लागि वैशाख २५ देखि २८ गतेसम्म आईपीओ विक्रीको अवधि तय गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो सेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *