कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी तथा साउदी अरव बाट एडिबियल रेमिट मार्फत बिदेशी मुद्रा भित्र्याउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम तथा साउदी अरब बाट ADBL Remit मार्फत नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरुमार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा बित्तीय सस्थामार्फत हुने भुक्तानीले ग्राहक अझै बढी लाभान्वित हुने र यस्ता कार्यले देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

त्यस्तै ,बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले यस किसिमको सहकार्यले सेवाग्राहिलाई उच्चस्तरिय तथा गुणस्तरिय सेवा प्रदान गर्न र विदेशबाट आउने रकम सजिलै घर आँगनसम्म पुर्याउदै भुक्तानी लिन सजिलो हुनुका साथै विप्रेषण भित्र्याउन महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।

कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत (उपमहाप्रवन्धक) प्रताप सुवेदी, डिजिटल बैंकिग विभागका विभागीय प्रमुख गिरीराज रेग्मी, वरिष्ठ शाखा प्रमुख कोमल प्रसाद सिटौला र नेपाल रेमिटका नायब महाप्रबन्धक दिनेश चालिसेको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८३ वटा शाखा कार्यालय, १५ वटा एक्सटेन्सन काउन्टर, १२८ वटा एटीएम , क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा किसान कार्ड र किसान एप का सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *