कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुनेछ। यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास बैंकले लिएको छ। सम्झौता कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत (उपमहाप्रवन्धक) प्रताप सुवेदी, डिजिटल बैंकिग विभागका विभागीय प्रमुख गिरीराज रेग्मी, वरिष्ठ शाखा प्रमुख कोमलप्रसाद सिटौला र नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिति रहेको थियो।

यस सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाउने बैंकले विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् । त्यस्तै बैंकका प्रमुख संचालन अधिकृत (उपमहाप्रवन्धक) प्रताप सुवेदीले विदेशमा रहेका नेपालीहरुलाई विभिन्न रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उदेश्यले बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोवार गर्दै आएको समेत बताएका छन् ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८३ वटा शाखा कार्यालय, १५ वटा एक्सटेन्सन काउन्टर, १२८ वटा एटीएम , क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ तथा किसान कार्ड र किसान एपका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *