सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक रहेको प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको मा ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर निष्काशन गरिएको हो । गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाकी आवेदकको भने हात खाली भएको छ ।

यस सम्बन्धि अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np बाट हेर्न सकिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *