खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
उनले आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका थिए । गत पुस १० गते नै आपूर्ति मन्त्रालय पाउनुपर्ने अडानमा रहेका उनले मन्त्रिपरिषद् पुनर्गठन हुँदा सोही मन्त्रालय पाउनुपर्ने बताएका थिए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिएका हुन् ।




