सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत बेनी शाखाले आउँदै गरेको १६ औँ बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

वैशाख ७ गते बैंकको बार्षिकोत्सव हो। सामाजिक उत्तरदायित्व अन्तगैत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा ११५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ।

शिविरमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा.रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो। बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचारमात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंकले बेनीबजारमा रहेको शाखासहित देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *